सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत सीमा सुरक्षा गुल्म बीरगञ्जले यात्रुवाहक गाडीमार्फत अवैध रूपमा काठमाडौं लैजाँदै गरिएका विभिन्न प्रकारका औषधि बरामद गरेको छ ।
सशस्त्र प्रहरीले बरामद औषधिहरूको अनुमानित मूल्य ६ लाख २६ हजार रुपैयाँ रहेको जनाएकाे छ ।
गए राति गुल्मका सशस्त्र प्रहरी निरीक्षक निरज थापा को कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले बीरगञ्ज महानगरपालिका–१६ स्थित बसपार्क क्षेत्रमा यात्रुवाहक बसहरूको चेकजाँच गर्ने क्रममा बिलविजक नभएका औषधिहरू बरामद गरेको हो ।बरामद औषधिहरूमा सिल्डिनाफिल ट्याब्लेट २१०१ पत्ता, प्रेगआउट किट २६७ पत्ता र एरोसल स्प्रे १२५ वटा रहेका छन्। ती औषधिहरू यौनवर्धक तथा अनिश्चित गर्भ रोक्ने प्रयोजनका रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बरामद गरिएका सबै औषधिहरू आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन बीरगञ्ज भन्सार कार्यालय मा बुझाइएको गुल्मका गुल्मपति डीएसपी विकास अधिकारी ले जानकारी दिएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
https://youtu.be/9Y3cSHG0GVQ