चन्द्रपुर नगरपालिका–८ बसन्तपुरमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुजरा नगरपालिका–१ मनहर्वा घर भएकी ८४ वर्षीया कान्छी देवी चौधरी रहेको नेपाल प्रहरी केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । प्रहरीका अनुसार, आइतबार दिउँसो घरमा धारामा जडान गरिएको विद्युतीय मोटरबाट अचानक करेन्ट लाग्दा चौधरी गम्भीर घाइते भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि चन्द्रपुरस्थित चपुर अस्पताल पुर्याइएको भए पनि उपचारकै क्रममा उनको निधन भएको हो ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।