सिराहाको लहान नगरपालिका–३ क्षेत्रबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार लहान नगरपालिका–३ बाट उदयपुर त्रियुगा नगरपालिका–६ जलजले बस्ने ४२ वर्षीय गणेश कुमार चौधरीलाई बुधबार बेलुकी पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरी टोलीले प्र.०१–०५–००२ प २०८७ नम्बरको मोटरसाइकलमा सवार उनलाई चेकजाँच गर्ने क्रममा करिब ४० ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारेको थियो ।
प्रहरीले उक्त पदार्थसहित उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।