राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह लाई संसदीय दलको नेता चयन गरेको छ।
बनस्थलीस्थित केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय समिति बैठकले बालेनलाई संसदीय दलको नेता चयन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो ।
बैठकमा सभापति रवि लामिछाने ले बालेनलाई संसदीय दलको नेता चयन गर्ने प्रस्ताव पेश गरेका थिए, जसलाई केन्द्रीय समिति सदस्यहरूले समर्थन गरेका हुन् ।
बैठकमा बालेन स्वयं पनि सहभागी रहेका थिए ।
केन्द्रीय समिति बैठक सम्पन्न भएपछि रास्वपाको संसदीय दलको बैठक पनि बस्ने कार्यक्रम रहेको छ ।