शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
अर्थ बाणिज्य
  • गृहपृष्ठ
  • अर्थ बाणिज्य
  • बजेट अभावले जीतपुर–सिमरामा विकास ठप्प, ४७ करोड भुक्तानी बाँकी
बजेट अभावले जीतपुर–सिमरामा विकास ठप्प, ४७ करोड भुक्तानी बाँकी
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, चैत १५, २०८२
A1 Beakery Add A1 Beakery Add

जीतपुर–सिमरा उपमहानगरपालिकामा बजेट अभाव र ठेकेदारलाई भुक्तानी दिन नसक्दा विकास निर्माणका अधिकांश काम अलपत्र परेका छन् । उपमहानगरले निर्माण व्यवसायीलाई करिब ४७ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको जनाएको छ भने चालु आर्थिक वर्षमै ५० करोड रुपैयाँ घाटा बजेट रहेको छ ।

उपमहानगर–१२ फत्तेपुरस्थित २ करोड ५० लाख लागतको हाटबजार निर्माण कार्य गत आर्थिक वर्षमै ठेक्का सम्झौता भए पनि ठेकेदारले बीचमै काम छोडेपछि अलपत्र परेको छ । सोही क्षेत्रमा ६० लाख लागतको वडा कार्यालय भवन निर्माणसमेत सुरु हुन सकेको छैन ।

यस्तै, १२ करोड ३१ लाख लागतको करिब ११ किलोमिटर सडक कालोपत्रे योजना पनि रोकिएको छ । उक्त सडकले वडा नं ५, १२, १३, १५ र १७ लाई जोड्ने भए पनि हालसम्म करिब ५० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । काम रोकिँदा स्थानीयले वर्षामा हिलो र सुक्खा मौसममा धुलो तथा ढुङ्गायुक्त सडकका कारण सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।

स्थानीय सेख आजामका अनुसार ठेकेदारले काम अलपत्र पार्दा ग्रामीण क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन् । “वर्षामा बाटो हिलाम्मे हुन्छ, मोटरसाइकल दुर्घटना भइरहन्छ,” उनले भने । वडा नं १३ की जलिमा खातुनले धुलोका कारण हिँड्न कठिन भएको र रुघाखोकीका बिरामी बढेको बताइन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

वडा नं १२ का अध्यक्ष श्यामाबाबु खाँले भुक्तानी नपाएकै कारण हाटबजार, वडा कार्यालय भवन र सडक कालोपत्रे काम रोकिएको बताए । उनका अनुसार ५० लाखमा ठेक्का लागेको वडा कार्यालय भवन दुई वर्षदेखि सुरु हुन सकेको छैन । त्यस्तै, १४ करोड २६ लाख र १२ करोड लागतका दुई ठूला सडक योजनामा नाला र कल्भर्ट निर्माण मात्र सकिएको छ ।

उपमहानगरमा आर्थिक वर्ष २०८०/८१ देखि २०८१/८२ सम्म १०८ वटा योजना कार्यान्वयनमा रहेकामा केही सम्पन्न भए पनि भुक्तानी हुन बाँकी छ भने केही अन्तिम चरणमा छन्  । वडा नं १३ का अध्यक्ष हेमनारायण चौधरीले गतवर्षकै योजनासमेत अलपत्र रहेको र कतिपय ठेकेदार सम्पर्कविहीन भएको बताए ।

उनका अनुसार उपमहानगरको खातामा हाल १९ करोड रुपैयाँ मात्रै रहेको छ भने ४७ करोड भुक्तानी दिन बाँकी छ। बजेट अभावकै कारण चालु आर्थिक वर्षका धेरै योजना सुरु हुन सकेका छैनन् ।

उपमहानगरले चालु आर्थिक वर्षका लागि २ अर्ब १ लाख रुपैयाँको बजेट ल्याएको थियो, जसमा ५० करोड घाटा रहेको राजस्व शाखाले जनाएको छ। दैनिक संकलन हुने राजस्व कर्मचारीको तलबभत्ता र सामान्य खर्चमै सकिने गरेको छ ।

प्राविधिक शाखा प्रमुख इन्जिनियर अभयकान्त झाले पुराना योजना फर्स्योट गर्न मात्रै करिब ९० करोड रुपैयाँ आवश्यक पर्ने बताए। उनका अनुसार रकम अभावका कारण ६५ वटा ठेक्काको फरफारक हुन सकेको छैन ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण उपमहानगर र वडा कार्यालयमा भएको क्षतिले थप ६ करोड रुपैयाँ आर्थिक भार परेको छ ।

आन्तरिक राजस्वमा गिरावट

उपमहानगर राजस्व संकलनमा मधेश प्रदेशमै तेस्रो स्थानमा रहे पनि पछिल्ला दुई वर्षदेखि नदीजन्य पदार्थ उत्खननको ठेक्का समयमा नलगाउँदा ठूलो राजस्व गुमेको छ । अघिल्ला वर्षहरूमा १२ देखि १४ करोड रुपैयाँसम्म राजस्व उठ्ने गरेकोमा गतवर्ष ठेक्का लागेन भने चालु वर्षमा पनि ढिलाइ भइरहेको छ ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ७ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ, जबकि गतवर्ष सोही अवधिमा ११ करोड संकलन भएको थियो ।

भुक्तानी नभएसम्म काम नहुने ठेकेदारको चेतावनी

निर्माण कम्पनीहरूले भुक्तानी नपाएसम्म काम अगाडि बढाउन नसकिने बताएका छन् । सुमित कालिका कन्स्ट्रक्सनका फिल्ड इन्चार्ज सुग्रिम यादवले हाटबजार निर्माणको ६० प्रतिशत काम सकिए पनि ४० लाख रुपैयाँ रनिङ बिल भुक्तानी नपाउँदा काम रोकिएको बताए ।

एनके कन्स्ट्रक्सनका प्रमुख देवराज चौरासियाले निर्माण सामग्रीको मूल्य बढेकाले घाटामा काम गर्न नसकिने बताए । आरएस सिवाली महालक्ष्मी जेभी कन्स्ट्रक्सनका साहेबलाल यादवले पनि भुक्तानी पाएपछि मात्रै काम अघि बढाउने स्पष्ट पारे ।

कतिपय ठेकेदारले एउटै पालिकामा धेरै ठेक्का लिएर एउटा काम मात्रै सुरु गर्ने र अन्य काम अलपत्र छोड्ने प्रवृत्ति पनि देखिएको छ ।


प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  ०७:५८
#स्थानीय सरकार #विकास निर्माण #बजेट अभाव #बारा समाचार #सडक निर्माण #नेपाल पूर्वाधार #जीतपुर सिमरा उपमहानगरपालिका #ठेकेदार भुक्तानी #हाटबजार #राजस्व संकट
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अर्थ बाणिज्य
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित बिहीबार, असोज २९, २०८३
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती बिहीबार, असोज २९, २०८३
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग बिहीबार, असोज २९, २०८३
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ बुधबार, असोज २८, २०८३
चाडपर्वको मुखमा वीरगंज महानगरले हटायो तीन दर्जनभन्दा बढी कर्मचारी
चाडपर्वको मुखमा वीरगंज महानगरले हटायो तीन दर्जनभन्दा बढी कर्मचारी बुधबार, असोज २८, २०८३
भन्सार छलीका २० लाख मूल्यका सामान बरामद
भन्सार छलीका २० लाख मूल्यका सामान बरामद बुधबार, असोज २८, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित वीरगंज सिटी
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP