उज्यालो नेपाल पार्टीका पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)लाई मधेश प्रदेश अध्यक्षमा सर्वसम्मत रूपमा मनोनित गरिएको छ ।
आज मिति २०८२/१२/१४ गते जनकपुरधाममा सम्पन्न कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष कुलमान घिसिङको उपस्थितिमा सिंहलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो ।
नयाँ जिम्मेवारीसँगै पार्टीलाई प्रदेशस्तरमा थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । पार्टीका नेताहरूले सिंहको नेतृत्वमा संगठन विस्तार र जनतामाझ प्रभावकारी काम हुने विश्वास व्यक्त गरेका छन् ।