प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
वीरगंजस्थित नारायणी रंगशाला मा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको हो । सुदूरपश्चिमका लागि दीपक बोहोराले ३० रन बनाए भने हेमन्त धामीले २९, किरण ठगुन्नाले २०, अभिषेक पालले १७, प्रकाश पाण्डेले १४ र नारायण जोशीले ११ रन जोडे ।
त्यस्तै खड्क बोहोरा र सौर्य श्रेष्ठले समान १०–१० रन बनाए । लुम्बिनीका बलर सन्तोष यादव र अजय चौहानले उत्कृष्ट प्रदर्शन गर्दै समान ४–४ विकेट लिए भने सन्देश थापाले १ विकेट हात पारे ।
सुदूरपश्चिमले दिएको लक्ष्य पछ्याउन लुम्बिनीका ओपनर आकाश त्रिपाठी र रञ्जित खड्का मैदानमा उत्रिएका छन् ।