मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार यस प्रभावले बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशसहित देशको हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको छ ।
आज दिउँसो हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ भने पहाडी र तराई भूभागमा आंशिक बादल रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थान तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई हिमाली स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा सामान्यतया बादल रहनेछ भने बाँकी हिमाली भूभागमा आंशिक बादल रहनेछ। पहाडी र तराई भूभागमा मौसम मुख्यतः सफा रहने महाशाखाले जानकारी दिएको छ ।
कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।