शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #२ अर्ब ३९ करोड
  • #जिल्ला अदालत पर्सा
  • #धरौटीमा रिहा
  • #शंकास्पद वित्तीय कारोबार
  • #सागरकुमार साह
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • डिजिटल हिंसाको सामना गरेकी अमिसा: “अझै सशक्त भएर बोल्नेछु”
डिजिटल हिंसाको सामना गरेकी अमिसा: “अझै सशक्त भएर बोल्नेछु”
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, चैत १८, २०८२
A1 Beakery Add A1 Beakery Add

बालेन शाह नेतृत्वको नवगठित सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेपछि देशभर राजनीतिक तरङ्ग फैलिएको थियो । २३ भदौमा भएको जेनजी आन्दोलन दमनको कारण सरकारले ओलीलाई पक्राउ गरेको बताइएको थियो ।

ओली पक्राउ परेसँगै नेकपा एमाले पनि तरङ्गित भयो । पार्टीले पक्राउको दिनै च्यासलस्थित मुख्यालयमा सचिवालय बैठक डाक्यो र देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गर्‍यो ।

सचिवालय बैठकको निर्णय सुन्न आम कार्यकर्ता पार्टी कार्यालयमा जम्मा भएका थिए । मिडियाकर्मी र कार्यकर्ताको भिडले च्यासल क्षेत्र गर्माएको थियो । त्यही भिडमा महिलाको संख्या कम थियो, तर अमिसा पराजुली त्यहीँ उपस्थित थिइन् ।

सूर्यविनायक नगरपालिका – ७, गुण्डुकीकी अमिसा त्यतिसम्म सार्वजनिक वृत्तको राडरमा परेकी थिइनन् । बिजनेस स्टडिजमा स्नातक गर्दै आएकी उनको दैनिकी सामान्य नागरिक जस्तै थियो । पार्टीप्रति आस्था र ओलीको गिरफ्तारी गैरन्यायिक भएको बुझाइको कारण उनी बैठक सुन्न पार्टी कार्यालय पुगिन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

च्यासलमा केहीबेर प्रदर्शनपछि पार्टीको निर्णयअनुसार माइतीघरमा प्रदर्शन जारी भयो । प्रदर्शन शान्तिपूर्ण थिएन; प्रहरीले लाठीचार्ज गर्‍यो, केही कार्यकर्ता घाइते भए, र अमिसा त्यही भिडको हिस्सा थिइन् ।

माइतीघर प्रदर्शनको क्रममा एक मिडियाकर्मीले अमिसासँग प्रतिक्रिया लिन खोजे । उनले लोकतान्त्रिक हक प्रयोग गर्दै आफ्नो तर्क राखिन्, जुन क्यामेराले कैद भयो । भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलियो ।

अमिसाले भनिन्, “गृह मन्त्रालय आफ्नो छ भन्दैमा जे पनि गर्न सकिन्छ भन्ने होइन । म सरकारमाथि निन्दा वा आलोचना गर्दैछिनँ । तर कानुनमाथि नाइके बन्न खोज्नेलाई चेतावनी दिन चाहन्छु ।”

भिडियो भाइरल भएपछि उनी अनपेक्षित रूपमा ट्रोल र धम्कीको निशानामा परिन् । सामाजिक सञ्जालमा यौन हिंसासम्बन्धी धम्की, अपमानजनक टिप्पणी र अभद्र सन्देशहरू व्यापक रूपमा आएका थिए। नाम र अनुहारसहित बलात्कारका धम्की आउँदा उनी मानसिक रूपमा प्रभावित भइन् र केही समयका लागि इन्स्टाग्राम डिएक्टिभेट गर्न बाध्य भइन् ।

अमिसाले भनिन्, “भाइरल हुनु मेरो उद्देश्य थिएन। मैले आफ्नो तर्क राखेको थिएँ, असहमति जनाउनेले जनाउन सक्छन्, सहमत हुनेले भइहाल्छ । तर यौन हिंसासम्बन्धी धम्की स्वीकार्य छैन ।”

धम्कीका कारण उनी सार्वजनिक रूपमा स्वतन्त्र रूपमा हिँडडुल गर्न असहज छिन् । परिवारको साथमा मात्र बाहिर जान सक्छिन् र अपरिचित नम्बरबाट आएको कल पनि उठाउन सक्दिनन् ।

अमिसाको भनाइ अनुसार, सामाजिक सञ्जालमा नाममा नक्कली टिकटक अकाउन्ट बनिसकेको छ र त्यहाँ लाइभ भई गिफ्ट लिन समेत भइरहेको छ । उनले सबै अकाउन्ट प्राइभेट गरेर राखेकी छिन् ।

अमिसाले प्रश्न उठाएकी छन्, “मेरो ठाउँमा पुरुष भएको भए के यस्तै प्रतिक्रिया आउँथ्यो? पुरुषबाट आएको भए तर्कमा बहस हुने थिए । तर महिला भएकै कारण यौनिकीकरण गरियो ।”

उनको परिवारले पनि उनको सुरक्षितता सुनिश्चित गर्नुपरेको छ । आमा भनिन्, “मेरी छोरीले केही गलत गरेकी छैनन् । लाज त कमेन्ट गर्ने मान्छेलाई हुनुपर्छ, मेरी छोरीलाई होइन ।”

अमिसाले केपी ओलीलाई दुई–अढाइ वर्षदेखि समर्थन गर्दै आएकी छिन् । कालापानी–लिपुलेक जस्ता राष्ट्रियता सम्बन्धी विषयले उनलाई नेताका रूपमा ओलीप्रति आकर्षित गरेको थियो। १६ वर्षकी हुँदा उनले ओलीलाई पहिलो पटक भेटेकी थिइन् ।

भाइरल भिडियोपछि सामाजिक सञ्जालमा आएका धम्की, ट्रोल र अपमानजनक कमेन्टले उनी मानसिक रूपमा प्रभावित भइन् । उनी साइबर ब्युरो मार्फत सबै स्क्रिनसट, आईडी र कमेन्ट संकलन गरिरहेकी छिन् ।

अमिसाले भनिन्, “अब हरेक महिला त्यस्ता कमेन्ट गर्नेको फोटो र स्क्रिनसट लिएर माइतीघरमा उभिनुपर्छ । जसले हाम्रो अपमान गर्नुपर्छ, उनीहरूको पनि त्यस्तै हुनुपर्छ । म यसका लागि अझ सशक्त भएर आउँछु ।”


प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  १४:५८
#नेकपा एमाले #केपी शर्मा ओली #सामाजिक सञ्जाल #नेपाल राजनीति #महिला अधिकार #धम्की #माइतीघर प्रदर्शन #अमिसा पराजुली #ट्रोल #अनलाइन हिंसा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने प्रधानमन्त्री शाहको घोषणा
प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने प्रधानमन्त्री शाहको घोषणा शुक्रबार, असोज ३०, २०८३
एकै महिनामा तीन जंगली भाले हात्ती मारिए, संरक्षणमा चिन्ता
एकै महिनामा तीन जंगली भाले हात्ती मारिए, संरक्षणमा चिन्ता शुक्रबार, असोज ३०, २०८३
सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)
सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) बिहीबार, असोज २९, २०८३
अख्तियारमा फर्जी उजुरी दिने दीपक कारबाहीमा, दुई हजार जरिवाना
अख्तियारमा फर्जी उजुरी दिने दीपक कारबाहीमा, दुई हजार जरिवाना बिहीबार, असोज २९, २०८३
नेपाल–मलेसिया श्रमिक भर्ना विवादमा स्वास्थ्य परीक्षण गर्ने व्यवसायी पक्राउ
नेपाल–मलेसिया श्रमिक भर्ना विवादमा स्वास्थ्य परीक्षण गर्ने व्यवसायी पक्राउ बिहीबार, असोज २९, २०८३
भन्सार छली गरी ल्याइएको लाखौँ मूल्यको मदिरा बरामद
भन्सार छली गरी ल्याइएको लाखौँ मूल्यको मदिरा बरामद बिहीबार, असोज २९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ वीरगंज सिटी
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजको मेनरोड विस्तारका लागि दुई खण्डमा ठेक्का आह्वान, मितेरी पुलदेखि घण्टाघरसम्म र घण्टाघरदेखि गण्डकसम्मकाे सडक निर्माणका लागि बाेलपत्र आह्वान
वीरगंजको मेनरोड विस्तारका लागि दुई खण्डमा ठेक्का आह्वान, मितेरी पुलदेखि घण्टाघरसम्म र घण्टाघरदेखि गण्डकसम्मकाे सडक निर्माणका लागि बाेलपत्र आह्वान वीरगंज सिटी
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ वीरगंज सिटी
दशैं सुरु भएसँगै वीरगंजको घण्टाघरमा बोका–खसीको कारोबार
दशैं सुरु भएसँगै वीरगंजको घण्टाघरमा बोका–खसीको कारोबार वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ?
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
बकुलिया बारा भेट्रान्सलाई ४–० ले हराउँदै वीरगंज सिटी भेट्रान्स फाइनलमा
बकुलिया बारा भेट्रान्सलाई ४–० ले हराउँदै वीरगंज सिटी भेट्रान्स फाइनलमा वीरगंज सिटी
च्याम्पियन्स लिगमा रोनाल्डो सर्वाधिक गोलकर्ता, मेसी दोस्रो स्थानमा
च्याम्पियन्स लिगमा रोनाल्डो सर्वाधिक गोलकर्ता, मेसी दोस्रो स्थानमा वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध वीरगंज सिटी
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP