तराईका विभिन्न जिल्लामा गहुँ खेती गरेका किसानहरू समस्यामा परेका छन् ।
यस वर्ष गहुँ उत्पादनमा कमी आउनुका साथै बजार मूल्यसमेत घटेपछि किसानहरू दोहोरो मारमा परेका हुन् । उत्पादन घट्नु, बजार मूल्यमा गिरावट आउनु, कटानी खर्च अत्यधिक बढ्नु र नापतौलमा ठगी हुनुजस्ता समस्याले किसानहरूलाई आर्थिक संकटतर्फ धकेलेको छ । यसवर्ष मौसम अनुकुल नहुँदा गहुँ उत्पादन घटेको जिराभवानी गाउँपालिका–४ का किसान राजेन्द्र चौधरीले बताए । उनका अनुसार बेच्न जाँदा मूल्य घटेकाले लागत उठाउन समेत समस्या भएकाे हाे ।
अघिल्ला वर्षजस्तो यसवर्ष गहुँ उत्पादन हुन नसक्दा समस्या भएकाे उनकाे भनाइ छ । किसानहरूका अनुसार अहिले हावाहुरीकाे समय भएकाले अकास अध्याराे हुनासाथ तनाव बढाउने गरेकाे छ ।
समयमै कटानी गर्न नसक्दा हावाहुरीले पाकेको गहुँमा क्षति पुर्याउछ कि भन्नेने थप चिन्ता हुने गरेकाे कृष्कहरू बताउँछन् । यता गहुँ कटानीका लागि प्रयोग हुने हार्भेस्टर मेसिनको भाडा यस वर्ष अचानक दोब्बरजस्तै बढेकाले समेत कृष्कहरू मारमा परेका छन् । अमेरिका इरानकाे यूद्धले तेलकाे मुल्य बढ्दा गहुँ कटानकाे मुल्य समेत बढ्दा कृष्क मारमा परेका छन् । जिराभवानी–२ सेढवाका अमृत चौधरीका अनुसार केही दिनअघि सम्म ४ हजार रुपैयाँमा हुने कटानी अहिले ८ हजार रुपैयाँ पुगेको छ । नगद नदिए २ क्विन्टलसम्म गहुँ कटाइ वापत लिन थालिएको उनले बताए । यता किसानहरूले हार्भेस्टर व्यवसायी र व्यापारी दुवैबाट ठगी भोग्नुपरेको गुनासो गरेका छन् ।
हार्भेस्टर सञ्चालकहरूले प्लास्टिकको बाल्टिन प्रयोग गरी १० केजीको सट्टा १२–१३ केजीसम्म गहुँ लिने गरेको कृष्कहरूकाे आरोप छ । बिक्रीका क्रममा व्यापारीहरूले अप्रमाणित ढक–तराजु प्रयोग गरी तौल बढाउने गरिएको किसानहरूकाे आरोप छ ।
ठोरी गाउँपालिका–५ का करण योन्जनका अनुसार ५ केजीमा २५० ग्रामदेखि आधा केजीसम्म बढी तौल लिने गरिएको छ । उनका अनुसार गुणस्तर तथा नापतौल कार्यालय र जिल्ला प्रशासन कार्यालय लगायत निकायकाे प्रभावकारी अनुगमन नहुँदा किसान ठगिने गरेकाे गुनासाे गरेका छन् । किसानहरूले तत्काल बजारमा भइरहेको बेथिति नियन्त्रण गर्न, हार्भेस्टर भाडा नियमन गर्न माग गरेका छन् ।
उत्पादन घट्नु मात्र होइन, त्यससँगै जोडिएका संरचनात्मक समस्याहरूले किसानलाई झन् कमजोर बनाइरहेकाले समाधान गर्न कृष्कहरूकाे माग रहेकाे छ ।