विशेष सूचनाको आधारमा सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ सोलखपुरस्थित महुवन पर्टेवासुगौली सडक खण्डमा प्रहरीले चेकजाँच गर्दा ५ के.जी. गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
ना ३८ प १८२५ नम्बरको मोटरसाइकलमा पर्टेवासुगौलीबाट महुवनतर्फ आउँदै गरेका बालेश्वर प्रसाद यादव (३३ वर्ष) र देवेन्द्र यादव (५५ वर्ष) लाई प्रहरीले खानतलासी गर्दा उनीहरूले आफ्नै शरीरमा लुकाएर राखेको लागुऔषध गाँजा फेला पारेको हो ।
प्रहरी चौकी महुवनबाट खटिएको टोलीले उक्त मोटरसाइकल रोकी खानतलासी गर्दा बालेश्वर प्रसाद यादवको शरीरमा २.५ के.जी. र देवेन्द्र यादवको शरीरमा २.५ के.जी. गरी जम्मा ५ के.जी. गाँजा फेला परेको थियो । प्रहरीले उक्त गाँजा र मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पोखरिया पर्सामा ल्याएको छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।