रौतहटमा भन्सार छली गरी ल्याइएका कपडासहित दुई वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतबाट खटिएको गस्ती टोलीले आइतबार अपराह्न करिब ४:५५ बजे ईशनाथ नगरपालिका–४ क्षेत्रमा छापा मार्ने क्रममा ना ९ प ६६५९ नम्बरको हिरो स्प्लेन्डर र नम्बर नखुलेको अर्को सुपर स्प्लेन्डर मोटरसाइकलमा ल्याइँदै गरेको विभिन्न प्रकारका लत्ताकपडा बरामद गरेको हो ।
प्रहरीका अनुसार बरामद गरिएको कपडाको मूल्य करिब २ लाख ५० हजार २०० रुपैयाँ आँकलन गरिएको छ ।
बरामद सामग्री र दुवै मोटरसाइकललाई आवश्यक कारबाहीका लागि सोमबार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता प्रहरी निरीक्षक जीवनकुमार मैनालीले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।