सप्तरी प्रहरीले गाईको मासुसहित ५० वर्षीय रहमत अलीलाई पक्राउ गरेको छ । तीन दिनअघि राजविराज नगरपालिका–६ का अलीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार, विराटनगरबाट राजविराज तर्फ आउँदै गरेको विङगर गाडीलाई आइतबार दिउँसो हनुमाननगर कंकालिनी नगरपालिका – २ स्थित सडकखण्डमा चेकजाँच गर्दा उनी पक्राउ परेका थिए । सो क्रममा सिटमुनी लुकाएर राखिएको अवस्थामा करिब १३ किलो ५ सय ग्राम गाईको मासु जस्तो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धानका लागि सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको जनाइएको छ ।