मङ्लबार भइरहेको एसईई परीक्षामा मर्यादा उलङ्घन गर्ने र गराउँदै गरेका एक शिक्षकसहित चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार, ‘ह्वाट्सएप ग्रुप’ मार्फत चिट चोरी गर्ने क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बिष्णुप्रदिप बस्यालका अनुसार, मा.वि. शितलपुर गुजराका शिक्षक तेजनारायण चौधरी, मावि सिम्राभवानीपुर नजिकबाट चन्द्रपुर नगरपालिका – ६ का रञ्जित साह, गुजरा नगरपालिका – ५ लक्ष्मीपुरका महम्मद हुसेन र समिर मन्सुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।