वीरगंजकाे वडा प्रहरी कार्यालय श्रीपुर अगाडि सेन्ट जेभियर्स स्कुल बसकाे चालकले रक्सी खाएर महिलालाई ठक्कर मारी फरार हुन खाेज्दा पक्राउ परेका छन् ।
राधेमाईबाट मुर्लि चाेक तर्फ जान लागेकाे ना ७ ख ७६३३ नम्बरको बसले श्रीपुर प्रहरी चाैकी अगाडि साईकलमा सवार रहेकी महिलालाई ठक्कर दिएर बस कुदाएर भाग्न खाेजेका थिए ।
वडा प्रहरी कार्यालय श्रीपुरमा खटिएका प्रहरीले लखेटेर बस चालक सहित बसलाई नियन्त्रणमा लिएको हाे ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले तत्कालै चालकलाई नियन्त्रणमा लिन सफल भएको हाे । पक्राउ पर्नेमा सोही विद्यालयका चालक विकास भगत मल्लिक रहेका छन् ।
घटनामा घाइते भएकी महिलालाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ । हाल उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चालकलाई आवश्यक अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।