सिरहा नगरपालिका–१५ बुधौराबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन् ।
मंगलबार बेलुकी प्रहरीले २ ग्राम ५ सय मिलिग्राम पदार्थसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका–१२ बस्ने १९ वर्षीय अभिषेक मुखिया, २१ वर्षीय अरबिन सिंह र धनगढीमाई नगरपालिका – ३ बस्ने १९ वर्षीय अभिषेक मुखिया रहेका छन् ।
प्रहरी चौकी खिरौनाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०१–००४ प २६८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागेर जाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरूमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।