ईश्वरपुर नगरपालिका–१२ घारिबथान मा बुधबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
स्थानीय रामचन्द्र खड्काले कुलोबाट मोटर जोडेर खेतमा सिँचाइ गरिरहेको स्थान नजिक खेलिरहेका राम बैलकोटीका ५ वर्षीय छोरा वियान्स बैलकोटीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर अचेत भएका बालकलाई तत्काल नगर अस्पताल ईश्वरपुर लगिएको थियो । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय केशरगन्ज ले जनाएको छ ।
मृतक बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ ।