निर्वाचन जितेपछि राजधानीमै केन्द्रित भई जनताबाट टाढा हुने प्रवृत्तिलाई चिर्दै पर्सा–१ का प्रतिनिधि सभा सदस्य तथा रास्वपा पर्सा सभापति हरि पन्तले आफ्नै निर्वाचन क्षेत्रमा निजी सचिवालय स्थापना गरेका छन् ।
वीरगंज महानगरपालिका–८ मा आयोजित एक समारोहबीच सांसद पन्तले सचिवालयको उद्घाटन गरेका हुन् । विभिन्न अगुवा नेताहरूको उपस्थिति सांसद पन्तले आफू वीरगंज बाहिर रहँदा पनि यस क्षेत्रका जनतालाई कुनै समस्या नपरोस् भन्ने उद्देश्यले सचिवालय स्थापना गरिएको बताए । उनले सुदिश प्रजापतिको नेतृत्वमा १५ सदस्यीय सचिवालय टोली गठन गरिने र केही दिनभित्रै टोलीलाई पूर्णता दिई सबै सदस्यहरूको नाम तथा सम्पर्क नम्बर सार्वजनिक गरिने जानकारी दिएका छन् ।
सांसद पन्तले जनताले प्रत्यक्ष रूपमा परिवर्तनको अनुभूति गर्नेगरी काम गर्न सबै सरकारी कार्यालयहरूलाई निर्देशन दिइसकेको उल्लेख गर्दै अनावश्यक ढिलासुस्ती नगर्न समेत चेतावनी दिएका छन् । उनले यदि कतै सेवामा ढिलाइ वा समस्या देखिएमा सचिवालयबाट सार्वजनिक गरिने नम्बरमा जानकारी गराउन उनले सर्वसाधारणलाई आग्रह गरेका हुन् ।
कृष्ण पासवानले गरेकाे सहजिकरण कार्यक्रममा रास्वपा पर्सा उपसभापति तुल्सा पौडेल, सचिव सुदिश प्रजापति, कोषाध्यक्ष दिलिप कुर्मी, क्षेत्रीय सभापति राम आर्या, महानगर सभापति अमन आलम, सचिव गौतम श्रेष्ठ लगायत युबराज पटेल, दीपेन्द्र मण्डल, राम बाबू सिंह, मह्बुब आलम, सगिर अन्सारी, विशाल कुमार, सुमित चौरसिया, राजु गुप्ता, दिनेश गुप्ता, राम लामा, त्रिनेश गिरि, पूर्ण सापकोटा, सम्साद आलम, शन्नी गुप्ता, रामेश्वर साह, आलोक मिश्र, सालिक पौडेल सहित उन्नाइसै वडाका निर्वाचन परिचालन समितिका संयोजक, उपसंयोजक तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।