बाराको परवानीपुर गाउँपालिकामा श्रावण ६ देखि भाद्र ९ सम्म गाउँ प्रहरी आधारभूत तालीम सम्पन्न भएको छ । तालीम शस्त्र प्रहरी बल नेपाल नं. ४० रिजर्भ गण हेड क्वार्टर पिलुवा बारामा सम्पन्न भएको हो ।
समापन समारोहमा परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले तालीममा सिकाएका कुराहरूलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरूलाई आग्रह गरे। उपाध्यक्ष सुगान्धी देवीले गाउँघरमा हुने सामान्य विवाद र मेलमिलाप प्रक्रियामा गाउँ प्रहरीले महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राम क्षत्री प्रसाद कुर्मी, विशिष्ट अतिथि उपाध्यक्ष सुगान्धी देवी, शस्त्र प्रहरी उप निरीक्षक मोहनबहादुर क्षेत्री, समाजसेवी मोबिन आलम, युवा नेता उमेश गुप्ता, शिक्षक मखन, जिन्सी शाखा प्रमुख अजय कुश्वाहा, योजना शाखा प्रमुख रुपेश मण्डल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक सुभाष भट्टराईले गरेका थिए भने गाउँ प्रहरीलाई निरीक्षक डब्बर के.सी. सहितको टोलीले प्रशिक्षण दिएको थियो ।