“लागुऔषध सेवनकर्ता खोजी एवं सुधार अभियान २०८३” को दोस्रो चरणअन्तर्गत आइतबार बिहान वीरगंज महानगरपालिका वडा नं. १६ इनर्वा शंकराचार्य गेटमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा सम्पन्न उक्त कार्यक्रम बिहान करिब ९ बजे सुरु भई ११ बजेसम्म सञ्चालन भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला प्रसाद दाहालको उपस्थिति रहेको थियो। साथै श्री श्री जगं गण पर्साका प्रमुख, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टरका प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू, जनप्रतिनिधि, स्थानीय भद्रभलादमी तथा समाजसेवीहरू गरी करिब १२५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा लागुऔषध सेवनकर्ताको पहिचान, उनीहरूको पुनर्स्थापना तथा सुधारका लागि अपनाइने रणनीति र आगामी कार्ययोजनाबारे छलफल गरिएको प्रहरीले जनाएको छ ।
लागुऔषध नियन्त्रण तथा समाजमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त अभियानलाई निरन्तरता दिइने आयोजकले जनाएको छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)