शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
भिडियो
  • गृहपृष्ठ
  • भिडियो
  • चुरे विनाश राेक्न सरकार असफल १० वर्षमा १५ अर्ब खर्च चुरे क्षेत्र झन् जोखिममा, योजना कागज मै सीमित हुँदा मधेशमा खानेपानी संकट गहिरिँदै (भिडियो सहित)
चुरे विनाश राेक्न सरकार असफल १० वर्षमा १५ अर्ब खर्च चुरे क्षेत्र झन् जोखिममा, योजना कागज मै सीमित हुँदा मधेशमा खानेपानी संकट गहिरिँदै (भिडियो सहित)
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, वैशाख २६, २०८३
A1 Beakery Add A1 Beakery Add

तराई–मधेश क्षेत्रका लागि पानी भण्डारणको मुख्य स्रोत मानिएको चुरे क्षेत्रमा निरन्तर भइरहेको विनाशका कारण पानीको संकट झन् गम्भीर बन्दै गएको छ ।

चुरे संरक्षणका लागि स्थापना गरिएको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति स्थापना भएको करिब एक दशकमा झण्डै १५ अर्ब रुपैयाँ खर्च गरिसकेको भएपनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै व्यापक आलोचना सुरु भएको छ ।

वि.सं. २०७१ असार २ गते स्थापना भएको समितिले आर्थिक वर्ष २०८०/८१ सम्म १४ अर्ब ९६ करोड रुपैयाँ खर्च गरेको जनाएको छ । समितिका अनुसार यस अवधिमा वित्तीय प्रगति ८८.९३ प्रतिशत र भौतिक प्रगति ९१.८४ प्रतिशत पुगेको छ । तर, स्थलगत अवस्था हेर्दा चुरे क्षेत्रमा भइरहेको वन विनाश, माटो कटान र जलस्रोत सुक्ने क्रम रोकिएको छैन ।

समितिमा हाल १ सय २४ दरबन्दीमध्ये ८६ जना कर्मचारी कार्यरत रहेका छन् भने छ पदाधिकारीले मासिक सुविधा लिँदै आएका छन् । समितिका अध्यक्ष डा. किरण पौडेलका अनुसार हालसम्म एक हजार ४ सय ५९ स्थानमा गल्छी तथा पहिरो नियन्त्रण, खहरे व्यवस्थापन गरिएको छ । यसका साथै, १ सय ६६ हेक्टर भिरालो जमिनमा बहुवर्षीय बाली विस्तार, पाँच हजार २ सय ३० हेक्टर क्षेत्रमा हरियाली प्रवर्द्धन तथा करिब दुई करोड ९३ लाख बिरुवा उत्पादन तथा वितरण गरिएको दाबी गरिएको छ । तर उपलब्धी भने फिल्डमा देखिदैन् ।

ललितपुरस्थित केन्द्रीय कार्यालय मार्फत सञ्चालन भइरहेको समितिले सलकपुर, जनकपुर, चितवन, बुटवल र लम्कीमा कार्यान्वयन इकाइ स्थापना गरी कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । चुरे क्षेत्र सातै प्रदेशका ३७ जिल्ला र ३ सय २५ स्थानीय तहमा फैलिएको छ । तर, सुरुदेखि नै विवादमा रहेको समितिले राजनीतिक हस्तक्षेप, कमजोर कार्यान्वयन र भ्रष्टाचारका आरोप खेप्दै आएको छ । हालै दुई पदाधिकारी अयोग्य ठहर भई अदालतको आदेशबाट पदमुक्त भएका घटनाले समेत यस समितिको विश्वसनीयता माथि थप प्रश्न उठाएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले स्थानीय समुदायलाई बेवास्ता गरेर समिति गठन गरेको भन्दै निरन्तर विरोध गर्दै आएको छ । महासंघका अध्यक्ष ठाकुर भण्डारीका अनुसार “समितिका कार्यक्रम स्थानीय जनताको सहभागिता बिना सञ्चालन हुँदा प्रभावकारी हुन नसकेकाे बताए । उनले यसले संरक्षणभन्दा पनि नियन्त्रणको अभ्यास मात्र गरेको बताए ।”

विशेषज्ञहरूका अनुसार चुरे क्षेत्रको कमजोर भू–संरचना, अनियन्त्रित ढुंगा, गिट्टी र बालुवा उत्खनन, डोजरको जथाभावी प्रयोग, वन फँडानी तथा अव्यवस्थित पूर्वाधार विकासका कारण प्राकृतिक जल पुनर्भरण (रिचार्ज) प्रणालीमा गम्भीर असर परेको बताए ।

वातावरणविद् विजय सिंह दनुवारका अनुसार, “चुरेबाट रसाउने पानीलाई कंक्रिट संरचना र कालोपत्र सडकले जमिनमा सोसिन नदिई सिधै खोलामा पठाउने गरेका छन् । यसले एकातिर भूमिगत पानी घटाउँदै लगेको छ भने अर्कोतिर बाढी र पहिरोको जोखिम बढाएको छ ।”

समितिले सन् २०२३ मा प्रकाशित गरेको अनुसन्धान संक्षेपमा पनि चुरे–भावर क्षेत्रको प्राकृतिक प्रणाली कमजोर बन्दै गएको र त्यसको असर तराई–मधेशमा पानी संकटका रूपमा देखिएको उल्लेख गरेको छ ।

गत वर्ष असार महिना मै वीरगञ्ज, जनकपुर लगायत मधेशका सहरहरूमा खानेपानी संकट देखिएको थियो । लगातार सुक्खा बढेपछि तत्कालीन सरकारले साउन ७ गते मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । तर दीर्घकालीन समाधानका लागि ठोस कदम नचालिएको स्थानीयको गुनासो रहेकाे छ ।

विज्ञहरूका अनुसार, चुरे संरक्षणका कार्यक्रम प्रभावकारी बनाउन स्थानीय समुदायको सहभागिता, कडाइका साथ उत्खनन नियन्त्रण, पुनःवृक्षारोपण, जलाधार संरक्षण र दीर्घकालीन नीति आवश्यक छ । अन्यथा, आगामी वर्षहरूमा तराई–मधेश क्षेत्रमा पानी संकट अझ भयावह हुने चेतावनी दिएका छन् ।

भिडियाे सामाग्री


प्रकाशित मिति: शनिबार, वैशाख २६, २०८३  १६:३२
#बाढी पहिरो #वीरगञ्ज #खानेपानी समस्या #जनकपुर #तराई मधेस #चुरे विनाश #भूमिगत पानी #नेपाल वातावरण #जलस्रोत संरक्षण #मधेस पानी संकट #राष्ट्रपति चुरे संरक्षण समिति #वन फँडानी #ढुंगा गिट्टी उत्खनन #वातावरण संकट #जलाधार संरक्षण
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप भिडियो
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती बिहीबार, असोज २९, २०८३
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग बिहीबार, असोज २९, २०८३
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ बुधबार, असोज २८, २०८३
चाडपर्वको मुखमा वीरगंज महानगरले हटायो तीन दर्जनभन्दा बढी कर्मचारी
चाडपर्वको मुखमा वीरगंज महानगरले हटायो तीन दर्जनभन्दा बढी कर्मचारी बुधबार, असोज २८, २०८३
भन्सार छलीका २० लाख मूल्यका सामान बरामद
भन्सार छलीका २० लाख मूल्यका सामान बरामद बुधबार, असोज २८, २०८३
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो मंगलबार, असोज २७, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP