जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले प्रतिबन्धित लागु औषध खैरो तथा सेतो हिरोइन जस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ५ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ र ०.२५ मिलिग्राम सेतो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ परेका व्यक्तिहरूमाथि लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ । उनीहरू लागु औषध ओसारपसार तथा अवैध कारोबारमा संलग्न रहेको आशंका गरिएको प्रहरीले जनाएको छ ।