धनुषाको मिथिला नगरपालिकामा एक यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व–पश्चिम सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका–०९, फुटबल ग्राउण्ड नजिकै उक्त दुर्घटना भएको हो ।
काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने (ओभरटेक गर्ने) क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।
बसमा कुल ३३ जना यात्रु सवार थिए । दुर्घटनामा परी चालकसहित १७ जना घाइते भएका छन् । घाइतेहरूको अहिले धनुषाकै लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ ।