रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित सगुन फार्मेसीबाट नियन्त्रित लागूऔषध ट्रामाडोलसहित एक जना पक्राउ परेका छन् ।
शनिबार दिउँसो उक्त फार्मेसीमा खटिएको प्रहरीले गरेको तलासीका क्रममा ट्रामाडोलका १४३ ट्याब्लेट फेला परेको थियो । सोही आधारमा फार्मेसीका सञ्चालक चन्द्रपुर नगरपालिका–६ निवासी ४८ वर्षीय सुरेश चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद लागूऔषधसहित उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाएको जनाएको छ ।