सप्तरीको तिरहुत गाउँपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार तिरहुत गाउँपालिका–४ डिमन टोल निवासी २६ वर्षीया बबिता देवी यादवको करेन्ट लागेर मृत्यु भएको हो । मङ्गलबार आफ्नै खेतबारीमा जडान गरिएको विद्युतीय मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए ।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।