शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • निजगढमा राष्ट्रिय गौरवका आयोजनाले ठूलो सम्भावना सिर्जना गर्छन् : मुख्यमन्त्री
निजगढमा राष्ट्रिय गौरवका आयोजनाले ठूलो सम्भावना सिर्जना गर्छन् : मुख्यमन्त्री
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, जेठ ३, २०८३
A1 Beakery Add A1 Beakery Add

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राष्ट्रिय गौरवका आयोजनाहरूका कारण निजगढ नगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ठूलो सम्भावना बोकेको बताएका छन् ।

 निजगढ नगरपालिका–९ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गर्दै मुख्यमन्त्री यादवले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, फास्ट ट्र्याक तथा प्रस्तावित रेलमार्गजस्ता राष्ट्रिय गौरवका योजनाहरूले समग्र निजगढ क्षेत्रको महत्व आगामी दिनमा अझ बढ्ने बताए ।

उनले क्षेत्रफलका हिसाबले अन्य नगरपालिकाभन्दा सानो भए पनि निजगढले भविष्यमा महत्वपूर्ण स्थान ओगट्ने उल्लेख गर्दै प्रदेश सरकारले कृषि, सिंचाइ तथा भौतिक पूर्वाधार विकासमा दीर्घकालीन योजनासहित सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री यादवले चुरे क्षेत्रबाट बग्ने खोलाका कारण स्थानीयवासीले आवतजावतमा समस्या भोगिरहेको उल्लेख गर्दै आवश्यक स्थान पहिचान गरी बढीमा २५ मिटर लम्बाइका दुईवटा पुल निर्माण गरिने जानकारी दिए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

उनले मधेस प्रदेशको उत्तरतर्फ चुरे पहाड र दक्षिणतर्फ उर्वर खेतीयोग्य जमिन रहेको भन्दै कृषि उत्पादन वृद्धि, सिंचाइ विस्तार तथा धान प्रशोधनका लागि ठूलो सेलर मिल स्थापना गर्ने योजना रहेको बताए । यसबाट कृषकको उत्पादनलाई आर्थिक समृद्धि र रोजगारीसँग जोड्न सकिने उनको भनाइ थियो ।

करीब ३८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको तीन कोठे पक्की वडा कार्यालय भवन उद्घाटन गर्दै मुख्यमन्त्री यादवले वडा नं. ९ लाई नेतृत्वदायी वडा भएको उल्लेख गर्दै सेवाग्राहीले छिटोछरितो सेवा पाउने विश्वास व्यक्त गरे । उनले वडाको समग्र विकासमा आवश्यक सहयोग गर्ने आश्वासनसमेत दिए ।

वडा कार्यालय निर्माणका लागि ७० लाख रुपैयाँभन्दा बढी मूल्यको दुई कट्ठा जग्गा दान गर्ने दाता तीर्थमान लामालाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साथै, वडाभित्रका ८० वर्षभन्दा माथिका ८७ जना ज्येष्ठ नागरिक तथा वडा कार्यालयलाई कम्प्युटर, फर्निचरलगायत सामग्री सहयोग गर्ने दाताहरूलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा नगरप्रमुख सुरथ पुरीले निजगढको विकास र स्थानीय समस्याबारे धारणा राखेका थिए । कार्यक्रममा मधेस प्रदेशका कृषिमन्त्री श्याम पटेल, प्रदेशसभा सदस्य मीना लामा, जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, उपप्रमुख सोममाया थिङ, पूर्वनगरप्रमुख सुरेशकुमार खनाल, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम वडाध्यक्ष रामचन्द्र कटुवालको अध्यक्षतामा सम्पन्न भएको थियो । स्वागत वडा सदस्य इन्द्रकुमारी सुनारले गरेकी थिइन् भने सञ्चालन भाइकाजी श्रेष्ठ र मनीता पाण्डेले गरेका थिए ।

यसैबीच, मुख्यमन्त्री यादवले निजगढ नगरपालिका–९ स्थित गौरीशङ्कर क्याम्पस परिसरमा निर्माण हुने पुस्तकालय भवन र योगशाला भवनको शिलान्यास पनि गरेका छन् ।

पूर्वनगरप्रमुख सुरेशकुमार खनालले आफ्नी आमा स्व. राधादेवी खनालको स्मृतिमा निर्माण गर्न लागिएको पुस्तकालय भवनको कुल लागत एक करोड १५ लाख रुपैयाँ रहेको जानकारी दिए । नौ कोठे दुई तले पक्की भवन निर्माणपछि विद्यार्थी तथा अन्य पाठकका लागि अध्ययन केन्द्रका रूपमा विकास हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी, सोही क्याम्पस परिसरमा मधेस प्रदेशको योजना तथा भौतिक पूर्वाधार विकास मन्त्रालयको ३० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुने फलामे ट्रसयुक्त योगशाला भवनको शिलान्यास गरिएको छ ।

निजगढ नगरपालिकाका इन्जिनियर अशोक कुशवाहाका अनुसार तीन हजार पाँच सय वर्गफिट क्षेत्रफलमा निर्माण हुने उक्त योगशालामा एकैपटक दुई सयभन्दा बढी व्यक्तिले योगाभ्यास गर्न सक्नेछन् ।

भिडियाे सामाग्री


प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३  १२:३५
#मधेस प्रदेश #नेपाल समाचार #निजगढ विमानस्थल #भौतिक पूर्वाधार #कृषि विकास #निजगढ #सिँचाइ #चुरे क्षेत्र #राष्ट्रिय गौरवका आयोजना #कृष्णप्रसाद यादव #रेलमार्ग #फास्ट ट्र्याक #वडा कार्यालय उद्घाटन #पुस्तकालय भवन #योगशाला
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
मधेस प्रदेशमा अधिकृत तहको कर्मचारी भर्ना विज्ञापन रोकियो
मधेस प्रदेशमा अधिकृत तहको कर्मचारी भर्ना विज्ञापन रोकियो बिहीबार, असोज २९, २०८३
चाडपर्वलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा
चाडपर्वलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा बिहीबार, असोज २९, २०८३
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा बिहीबार, असोज २९, २०८३
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन सरोकारवालाको जोड
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन सरोकारवालाको जोड बिहीबार, असोज २९, २०८३
सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने पक्राउ
सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने पक्राउ बिहीबार, असोज २९, २०८३
कमला नदीको पुलबाट यातायात सञ्चालन गर्ने तयारी
कमला नदीको पुलबाट यातायात सञ्चालन गर्ने तयारी बिहीबार, असोज २९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP