मकवानपुरकाे हेटौँडा उपमहानगरपालिका–१० बसपार्कबाट प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पर्साकाे बिन्दबासिनी गाउँपालिका–४ मधुवनका ६० वर्षीय लक्चन हजराकाे साथबाट प्रहरीले २१ किलो ३ सय १० ग्राम गाँजासहित पक्राउ गरेको हो । प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।