पर्सा प्रहरीले खैरो हेरोइन सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–३२ बस्ने २० वर्षीय राहुल सिंह र बाराको सिमरा जितपुर उपमहानगरपालिका–७ घर भएका १९ वर्षीय नन्दन गुप्ता रहेका छन् । वीरगंज ३१ स्थित कटगेनवा सडक खण्डबाट पक्राउ परेकाहरूको साथबाट ८ ग्राम ४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरिबहादुर बस्नेतले जानकारी गराएका छन् ।
उनका अनुसार ना.३९ प २५३२ नम्बरको स्प्लेन्डर मोटरसाइकलमा भेडियाहीबाट मिलनचाेक तर्फ आउँदै गरेकाे अवस्थामा प्रहरीले पक्राउ गरेकाे हाे ।
पक्राउ परेकाहरूमाथि प्रहरीले लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएकाे छ ।