पर्सा जिल्ला अदालत तथा सर्वोच्च अदालतको अन्तिम फैसला कार्यान्वयनका लागि पर्सा जिल्लाको पर्सागढी–पेटर्वासुगौली क्षेत्रमा प्रशासनले डोजर चलाएको छ ।
पर्सा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी तथा सम्बन्धित निकायको उपस्थितिमा वडा नं. १ अन्तर्गत पर्ने सोनबर्षा मलाही टोलमा लामो समयदेखि निजी व्यक्ति प्रदिप कुमार साह तेलीको जग्गा कब्जा गरी निर्माण गरिएका संरचना हटाइएको हो ।
अदालतको आदेशअनुसार कब्जा गरिएको जग्गा खाली गराउने कार्य गरिएको प्रशासनले जनाएको छ । उक्त अभियानमा पर्सा प्रहरीको सक्रिय सहयोगता रहेको जग्गाधनीले जनाएको छ ।
स्थानीय प्रशासनका अनुसार अदालतको अन्तिम फैसला कार्यान्वयन गर्दै जग्गा धनीलाई आफ्नो स्वामित्वको जग्गा फिर्ता दिलाउने उद्देश्यले संरचना हटाइएको हो ।
