विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले बैंकिङ कसूर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं. ११ मा लुकिछिपि बस्दै आएका ४५ वर्षीय प्रमोद कुमार ठाकुरलाई फैसला कार्यान्वयनका लागि नियन्त्रणमा लिएको हो । जिल्ला अदालत पर्साको फैसलाअनुसार ठाकुरलाई बैंकिङ कसूर मुद्दामा १ महिना कैद र रु. ९ लाख २६ हजार जरिवाना तोकिएको थियो ।
सोही फैसलापछि उनी फरार रहेका थिए । प्रहरीले विशेष सूचनाका आधारमा खोजतलास गर्दै उनलाई लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।
पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।