बाराको प्रसौनी गाउँपालिका–४ स्थित पशुपति लाइटर फ्याक्ट्रीमा आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको बताइएकाे छ ।
बुधबार बेलुका करिब साढे ७ बजेतिर फ्याक्ट्रीको लाइटर भर्ने प्लान्टबाट हातले गुडाउने ट्रलीमा लाइटर लोड गरी अर्को स्थानमा सार्ने क्रममा ट्रली लड्दा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट लाइटर उत्पादन गर्ने प्लान्टमा ठूलो क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा इलाका प्रहरी कार्यालय प्रसौनी बाराले जानकारी दिएका छन् ।
आगलागीलाई इलाका प्रहरी कार्यालय प्रसौनीको टोली, फ्याक्ट्रीमा कार्यरत कामदार तथा गाउँपालिकाको वारुणयन्त्रको सहयोगमा बुधबार राति नै नियन्त्रणमा लिइएको थियो ।
घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।