मधेस प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) पनि सहभागी हुने भएको छ ।
शीर्ष नेतृत्वबीच भएको सहमतिअनुसार एमाले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारमा सहभागी हुन लागेको हो । एमाले मधेस प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोज कुमार यादव ले एमाले आजै सरकारमा सहभागी हुने जानकारी दिए ।
उनका अनुसार एमालेबाट बाराका मोहम्मद समिर ले विना विभागीय मन्त्रीको रूपमा शपथ लिने तयारी भएको छ । एमाले सरकारमा सहभागी भएसँगै शुक्रबारका लागि डाकिएको विश्वासको मतमा पनि सरकारलाई समर्थन गर्ने भएको छ ।
केन्द्रीय नेतृत्वको निर्णयअनुसार एमालेले विश्वासको मतको पक्षमा मतदान गर्ने तयारी गरेको एमाले मधेस प्रदेश संसदीय दलले जनाएको छ ।