महोत्तरीको सोनमा गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव ७२ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग को कार्यालय बर्दिबासबाट खटिएको टोलीले उपभोक्ता समिति अध्यक्षसँग घुस लिइरहेको अवस्थामा यादवलाई पक्राउ गरेको हो ।
अख्तियारका अनुसार उपभोक्ता समिति अध्यक्षसँग काम मिलाइदिने नाममा रकम माग गरिएको भन्ने सूचनाका आधारमा निगरानी बढाइएको थियो । सोही क्रममा उनलाई औरही सडक क्षेत्रबाट नियन्त्रणमा लिइएको जनाएको छ ।
पक्राउ परेका यादवसँग थप नगद रकमसमेत रहेको आशंका गरिएको अख्तियारले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ ।