हेटौंडा | उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव ले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने उद्देश्यसहित हेटौंडा औद्योगिक क्षेत्रको निरीक्षण गर्नुभएको छ ।
निरीक्षणपछि मन्त्री यादवले लामो समयदेखि बन्द अवस्थामा रहेको कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने विषयमा सरकारले आवश्यक तयारी तीव्र रूपमा अघि बढाइने बताउनुभयो ।
उहाँले उद्योग सञ्चालनमा देखिएका समस्या पहिचान गरी समाधानका लागि तत्काल आवश्यक काम अघि बढाइने स्पष्ट पार्नुभयो ।
सरकारले लामो समयदेखि बन्द रहेका सार्वजनिक उद्योगहरूलाई पुनः सक्रिय बनाउने नीति अनुसार हेटौंडा कपडा उद्योगलाई प्राथमिकतामा राखेर पुनः सञ्चालनको तयारी अघि बढाइएको बताइएको छ ।
निरीक्षणका क्रममा मन्त्री यादवले औद्योगिक क्षेत्रको अवस्थाबारे जानकारी लिँदै आवश्यक पूर्वाधार, लगानी र व्यवस्थापकीय सुधारमार्फत उद्योगलाई पुनर्जीवित गर्नुपर्नेमा जोड दिनुभयो ।



