वीरगंजस्थित एकीकृत जाँच चौकी (आईसीपी) र ड्राइपोर्टको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारीले स्थलगत अवलोकन गर्नुभएको छ ।
अवलोकनका क्रममा मन्त्रीले आयात–निर्यात प्रणाली, भन्सार जाँच प्रक्रिया तथा पूर्वाधार व्यवस्थापनका विषयमा सम्बन्धित निकायसँग छलफल गर्नुभएको थियो ।
त्यस अवसरमा सवारीसाधन जाँचलाई अझ प्रभावकारी बनाउन एक्स–रे प्रणालीको आवश्यकता सम्बन्धी विषयमा समेत ध्यानाकर्षण गराइएको छ । साथै भन्सार प्रक्रियालाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिइएको थियो ।
अवलोकनपछि मन्त्रीले आईसीपी र ड्राइपोर्टको सेवा प्रवाहलाई थप सुधार गर्न आवश्यक पहल गरिने आश्वासन दिनुभएको छ ।