सर्लाहीको बरहथवा नगरपालिका–१२ लौकट गाउँबाट सोमबार एक नाल भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागमती नगरपालिका–२ सुकुम्बासी टोलका ३८ वर्षीय बुद्धिमान घलान रहेका छन् ।
प्रहरीका अनुसार घलानलाई भरुवा बन्दुक एक थान, करिब १०० ग्राम बारुद र ८० थान फलामको छर्रासहित पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय हीरापुरबाट खटिएको प्रहरी टोलीले उनलाई हतियारसहित नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका घलानमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।