पर्साको पोखरिया नगरपालिकाबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले पोखरिया नगरपालिका–९ बाट स्थानीय २० वर्षीय विशाल राउत कम्करलाई नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा गएराति करिब ११:३० बजे खटिएको प्रहरी टोलीले उनलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट ५.५ ग्राम लागुऔषध जस्तो देखिने ब्राउन सुगर बरामद गरिएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।
बिजुली राउत कम्करका छोरा विशाललाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए ।
प्रहरीले यस सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।