रौतहटको वृन्दावन नगरपालिका–७, धमौरामा घर भत्किँदा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३५ वर्षीया फुलकुमारी देवी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता विष्णुप्रदीप बस्याल ले जानकारी दिएका छन् । सोमबार राति आएको हावाहुरीका कारण टायलको छानो र बाँसको बारले बनेको एकतले कच्ची घर भत्किँदा च्यापिएर फुलकुमारी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।