मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम जेठ १५ गते शुक्रबार सार्वजनिक गर्ने भएको छ ।
प्रदेशसभा सचिवालयका अनुसार शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण ले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। यसपटकको नीति तथा कार्यक्रममा विगतका वर्षभन्दा फरक शैली अपनाउँदै स-साना तथा टुक्रे योजनालाई निरुत्साहित गरिएको जनाइएको छ। नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंह का अनुसार आवश्यकता र क्षमताका आधारमा कार्यक्रम तयार पारिएको हो ।
सरकारले कम्तीमा एक करोड रुपैयाँभन्दा माथिका बहुवर्षीय, प्रदेश गौरव तथा मझौला योजनालाई प्राथमिकतामा राखेको जनाएको छ ।