वीरगंज महानगरपालिका–रेशमकोठीस्थित त्रिभुवन हनुमान मन्दिर स्कुल नजिक निर्माणाधीन भवनमा काम गर्ने क्रममा पिलर (ढलान) खस्दा एक महिला मजदुर गम्भीर घाइते भएकी छन् ।
स्थानीयका अनुसार निर्माणाधीन संरचनाको काम भइरहेको क्रममा अचानक पिलर खस्दा उक्त महिला मजदुर च्यापिएर गम्भीर घाइते भएकी हुन् । घाइते महिलालाई स्थानीयवासीको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।
घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।