आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा कार्यक्रममा व्यापक पुनर्संरचना गरिने जानकारी दिएका छन् ।
छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र स्वास्थ्यसम्बन्धी दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी प्रणाली लागू गरिने उनले बताए । “स्वास्थ्य बीमाको सर्वव्यापीकरणमार्फत आगामी तीन वर्षमा ९० प्रतिशत नेपालीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने र व्यक्तिगत उपचार खर्चमा उल्लेखनीय कटौती हुने अपेक्षा राखेका छौँ,” अर्थमन्त्री वाग्लेले भने ।