मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ ।
शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण ले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
२७ पृष्ठमा समेटिएको उक्त नीति तथा कार्यक्रममा कृषिलाई प्रमुख प्राथमिकता दिइएको छ । कार्यक्रममा ‘मेड इन मधेस, समृद्ध प्रदेश’ र ‘उद्यमशील मधेस, आत्मनिर्भर देश’ जस्ता नारालाई केन्द्रमा राखिएको छ । यस्तै ‘किसानको शान, मधेसको मखान’ नारालाई आत्मसात गर्दै मखानको प्याकेजिङ, लेबलिङ र ब्रान्डिङ गर्ने सरकारको योजना पनि समावेश गरिएको छ ।
पूर्णपाठ सहितप्रदेश सरकारले कृषि उत्पादन, उद्यमशीलता र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई प्राथमिक लक्ष्य बनाएको जनाएको छ ।