पर्साको जिराभवानी गाउँपालिका–४ स्थित सुपौली चोकबाट प्रहरीले नियन्त्रित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–७ बागेश्वरी तित्रौना निवासी २४ वर्षीय मन्दिप राउत कुर्मी रहेका छन् । आइतबार दिउँसो अस्थायी प्रहरी पोष्ट सुपौलीबाट खटिएको प्रहरी टोलीले कुर्मीलाई जाँच गर्ने क्रममा उनको साथबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २६ ट्याब्लेट बरामद गरेको थियो ।
लागूऔषधसहित पक्राउ परेका कुर्मीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।