सिराहाको सिरहा नगरपालिका–१५ बुधौलाबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–६ निवासी १९ वर्षीय सुजल शाह र २३ वर्षीय जय कुमार साह रहेका छन् ।
आइतबार बेलुकी प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.१० प ७६३७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथबाट ३ ग्राम १४ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।