शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • निजगढमा २१ हेक्टर अतिक्रमित वन क्षेत्र खाली गराइयो
निजगढमा २१ हेक्टर अतिक्रमित वन क्षेत्र खाली गराइयो
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, असार १४, २०८३
A1 Beakery Add A1 Beakery Add

बाराको निजगढ नगरपालिका–२ सिंगौलस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत अतिक्रमण गरिएको २१.००२४ हेक्टर (करिब ३१.५० बिघा) राष्ट्रिय वन क्षेत्र खाली गराउने अभियानअन्तर्गत शनिबार ११ वटा घरटहरा हटाइएको छ ।

डिभिजन वन कार्यालय, बाराले जारी गरेको सातदिने सूचनाको म्याद सकिएको चार दिनपछि गत असार ८ गते अतिक्रमित क्षेत्रमा लगाइएको केराखेती हटाएको थियो । त्यसको निरन्तरतास्वरूप शनिबार एक्साभेटर प्रयोग गरी घरटहरा भत्काएर वन क्षेत्र पुनः खाली गराइएको हो । कार्यालयले २०८३ जेठ २९ गते अतिक्रमण हटाउन सार्वजनिक सूचना जारी गरेको थियो ।

कारबाहीअघि प्रभावित परिवारलाई घरभित्र रहेका सामान तथा जस्तापाता, टायल, झ्याल, ढोकालगायतका सामग्री सुरक्षित स्थानमा सार्न समय दिइएको वन कार्यालयले जनाएको छ ।

पीडितको गुनासो : जग्गा किनेर बसेका थियौँ

Add Sarwotam HospitalAdd Sarwotam Hospital

घरटहरा हटाइएका परिवारहरूले आफूहरू वन फँडानी गरेर नभई विभिन्न व्यक्ति तथा विद्यालयमार्फत जग्गा खरिद गरी बसेको दाबी गरेका छन् । उनीहरूले खरिदसम्बन्धी लिखत आफूसँग रहेको बताउँदै आफूहरू भूमाफियाबाट ठगिएको र अहिले विस्थापित हुनुपरेको गुनासो गरेका छन् ।

पीडितहरूले वन क्षेत्रको जग्गा बिक्री गर्ने व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्न, आफूहरूले तिरेको रकम साँवा–ब्याजसहित फिर्ता गराउन तथा सुरक्षित र स्थायी आवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

उनीहरूका अनुसार भूमाफियाले ‘काठको घर बनाए वन कार्यालयले हटाउँछ, पक्की घर बनाए हटाउन सक्दैन’ भन्दै उक्साएपछि कतिपयले जस्तापाताको छानासहित पक्की संरचना निर्माण गरेका थिए । तर वन कार्यालयले ती संरचना पनि हटाएपछि अधिकांश परिवार अहिले भाडा वा आफन्तको आश्रयमा बस्न बाध्य भएका छन् ।

३७ लाखभन्दा बढीमा वनको जग्गा बिक्री भएको खुलासा

डिभिजन वन कार्यालयका अनुसार हालसम्म प्राप्त आठवटा लिखतका आधारमा वन क्षेत्रभित्रको १२ कट्ठा चार धुर जग्गा विभिन्न नाममा ३७ लाख ६८ हजार रुपैयाँमा बिक्री गरिएको खुलेको छ । यस घटनामा संलग्न भूमाफियामाथि थप अनुसन्धान र कानुनी कारबाहीको माग स्थानीयले गरेका छन् ।

अदालतको आदेशअनुसार हटाइयो अतिक्रमण

डिभिजन वन कार्यालय, बाराका वन अधिकृत तथा वन अतिक्रमण नियन्त्रण अधिकारी ललन राउतका अनुसार बारा जिल्ला अदालतले गत वर्ष वन ऐन, २०७६ को दफा ५०(३) तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३१ बमोजिम अतिक्रमित वन क्षेत्रमा बनेका घरटहरा जफत गरी उक्त जग्गा राष्ट्रिय वन क्षेत्रमै समावेश गर्ने फैसला गरेको थियो ।

सोही आदेश कार्यान्वयन गर्दै अतिक्रमण हटाएर वन क्षेत्र पुनःस्थापना गर्ने उद्देश्यले केराखेती र घरटहरा हटाइएको उनले बताए ।

खाली गराइएको क्षेत्रमा आठ हजार बिरुवा रोपिने

निजगढ सबडिभिजन वन कार्यालय भमराकी प्रमुख शर्मिला नेपालका अनुसार २१.००२४ हेक्टरमध्ये करिब १३.००२४ हेक्टर क्षेत्रमा गत वर्ष काँडेतार लगाई विभिन्न प्रजातिका बिरुवा रोपिसकिएको छ । यसपटक खाली गराइएको करिब आठ हेक्टर क्षेत्रमा काँडेतार लगाई जामुन, टीकलगायतका करिब आठ हजार बिरुवा रोप्ने योजना रहेको छ ।

वन अतिक्रमणमा मुद्दा र जरिवाना

वन क्षेत्र आबादी गराएको आरोपमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो । अनुसन्धानपछि डिभिजन वन कार्यालय, बाराले तत्कालीन वन उपभोक्ता समूहका अध्यक्ष सिद्धबहादुर थापासहित ५२ जनाविरुद्ध मिसिल तयार गरी सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

तीमध्ये ३५ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो । अदालतले सिद्धबहादुर थापा, झलकबहादुर राई, पदमबहादुर भुजेल, सुशील थापा, जगतबहादुर दर्लामी र गंगामाया राउतलाई जनही ५० हजार रुपैयाँ तथा नरबहादुर क्षेत्री, मनकुमार थापा, श्यामबहादुर घिसिङलगायतलाई जनही ७५ हजार रुपैयाँका दरले गरी कुल पाँच लाख २५ हजार रुपैयाँ जरिवाना गरेको थियो । अन्य १६ जनाले भने सफाइ पाएका थिए ।

अदालतको आदेश कार्यान्वयनमा ढिलाइ गर्न नमिल्ने : वन कार्यालय

डिभिजन वन कार्यालय, बाराका प्रमुख सुजितकुमार झाले अदालतको स्पष्ट आदेशअनुसार अतिक्रमित वन क्षेत्र खाली गराई वृक्षारोपणको काम अघि बढाइएको बताए । विभिन्न बहानामा आदेश कार्यान्वयनमा ढिलाइ गर्नु अदालतको आदेशको अवहेलना हुने भएकाले अभियानलाई निरन्तरता दिइएको उनले स्पष्ट पारे ।

वन अतिक्रमण हटाउने अभियानमा डिभिजन वन कार्यालयका कर्मचारी, सशस्त्र वनरक्षक, वनरक्षक, इलाका प्रहरी कार्यालय निजगढ, इलाका प्रहरी कार्यालय कोल्हवी, सिंगौल अस्थायी प्रहरी चौकी तथा सशस्त्र प्रहरी बलको सुरक्षा टोली परिचालन गरिएको थियो ।

भिडियाे सामाग्री


प्रकाशित मिति: आइतबार, असार १४, २०८३  १७:४२
#बारा समाचार #अदालतको आदेश #निजगढ नगरपालिका #मधेश प्रदेश समाचार #भूमाफिया #वृक्षारोपण अभियान #डिभिजन वन कार्यालय बारा #वन ऐन २०७६ #वनदेवी सामुदायिक वन #निजगढ वन अतिक्रमण #बारा वन अतिक्रमण #निजगढ घरटहरा हटाइयो #राष्ट्रिय वन संरक्षण #वनको जग्गा बिक्री #वन अतिक्रमण हटाउने अभियान
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
सप्तरीमा भीषण आगलागी, पासवान टोलका १३ घर खरानी
सप्तरीमा भीषण आगलागी, पासवान टोलका १३ घर खरानी बिहीबार, असोज २९, २०८३
मधेस प्रदेशमा अधिकृत तहको कर्मचारी भर्ना विज्ञापन रोकियो
मधेस प्रदेशमा अधिकृत तहको कर्मचारी भर्ना विज्ञापन रोकियो बिहीबार, असोज २९, २०८३
चाडपर्वलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा
चाडपर्वलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा बिहीबार, असोज २९, २०८३
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा बिहीबार, असोज २९, २०८३
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन सरोकारवालाको जोड
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन सरोकारवालाको जोड बिहीबार, असोज २९, २०८३
सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने पक्राउ
सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने पक्राउ बिहीबार, असोज २९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित वीरगंज सिटी
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP