पर्साको वीरगंज महानगरपालिका–१६ स्थित इनर्वा नाकाबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित १८ वर्षीय एक किशोर पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार राति प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका वीरगंज महानगरपालिका–१२ निवासी ती किशोरको शरीर जाँच गर्ने क्रममा करिब ५ सय ८० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको हो।
पक्राउ परेका किशोरमाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।