वीरगंज महानगरपालिका–१६ दुर्गा हल नजिकै निर्माणाधीन घरमा पर्खाल भत्किँदा एक मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बारा जिल्लाको विश्रामपुर गाउँपालिका–कल्याणपुर निवासी ३० वर्षीय सुवास पटेल रहेका छन् । निर्माणाधीन घरको सेन्टरिङ खोल्ने क्रममा पर्खाल भत्किएर दुर्घटना भएको हो । पर्खालले च्यापिएर गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी उपचारका लागि भवानी अस्पताल लगिएको थियो ।
तर अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।