रौतहटको बौधीमाई नगरपालिका–७ बाट अवैध लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
शनिबार राति प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरी टोलीले भारतको बिहार राज्य, मोतिहारी जिल्ला, नरिरुलाह बटवलिया–११ निवासी २५ वर्षीय राम प्रवेश महतोलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनको साथबाट ब्राउन सुगरजस्तो देखिने करिब १० ग्राम पदार्थ तथा गाँजाजस्तो देखिने करिब १ किलो ६६० ग्राम लागूऔषध बरामद गरिएको छ ।
पक्राउ परेका महतोमाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।