सर्लाहीको बागमती नगरपालिका–१ रायमाझी चोकबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।
शनिबार साँझ इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले बागमती नगरपालिका–१ निवासी ३२ वर्षीय सरोज खड्कालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनको साथबाट ब्राउन सुगरजस्तो देखिने करिब १ सय २० मिलिग्राम लागूऔषध बरामद गरिएको छ ।
पक्राउ परेका खड्कामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।