रौतहट | रौतहटको गौर नगरपालिका–२ स्थित एक होटलमा भएको जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योग घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १ नेपालीसहित ४ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पीडितले दिएको सूचनाका आधारमा असार २१ गते बिहान करिब १ बजे होटल परिसरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्ने नेपाली नागरिक गौर नगरपालिका–२ निवासी २५ वर्षीय सन्तोष राउत रहेका छन् ।
यस्तै, पक्राउ पर्ने भारतीय नागरिकहरूमा भारतको बिहार राज्य, मुजफ्फरपुर जिल्लाको कल्याणी पञ्चायत–२४ निवासी ३३ वर्षीय मो. ताजुदिन, मैरोवन पञ्चायत–२ निवासी ३७ वर्षीय जितेन्द्र कुमार, बकटपुर पञ्चायत–१ निवासी ३८ वर्षीय हसनैन आलम तथा क्रममा पञ्चायत–४ निवासी ३४ वर्षीय आलोक कुमार रहेका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा पक्राउ परेका सबैको संलग्नता रहेको देखिएको जनाएको छ। उनीहरूलाई हिरासतमा राखी जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योगसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाका सबै पक्षबारे अनुसन्धान जारी रहेको तथा अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने जनाएको छ ।